बोनस (पाँचौँ संशोधन) विधेयक अर्थ समितिमा पठाइयो

बोनस (पाँचौँ संशोधन) विधेयक अर्थ समितिमा पठाइयो

काठमाडौँ, माघ २३-

व्यवस्थापिका–संसद्ले ‘बोनस (पाँचौ संशोधन) विधेयक, २०७३ लाई दफाबार छलफलका लागि अर्थ समितिमा पठाएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको हो ।

यस्तै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले प्रस्तुत गर्नुभएको ‘ सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७३ लाई पनि सदनले पारित गरेको छ ।

यसअघि सांसद प्रेम सुवालले उक्त विधेयकले सरकारको दायित्व र लगानीलाई कम गर्दै निजी क्षेत्रलाई बढावा दिने भएकाले यसलाई फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

सांसद सुवालले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले जनाएको प्रतिवद्धता र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर नयाँ विधेयक ल्याइएको बताउनुभयो ।

त्यस्तै बैठकमा संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीको तर्फबाट समिति सदस्य मानबहादुर विकले ‘वातावरण संरक्षण समितिको वार्षिक प्रतिवेदन, २०७२÷२०७३ लाई प्रस्तुत गर्नुभयो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका