काठमाडौं,माघ २३-
एमाले अध्यक्ष केपी शर्मा ओलीले तराईमा आफ्नो पार्टी कमजोर रहेको भनि हल्ला गर्नेहरुलाई आगामी फागुन २१ गते देखाइदिने बताएका छन् ।एमालेले फागुन २१ गतेदेखि ‘मेची महाकाली राष्ट्रिय अभियान’ सञ्चालन गर्दै छ । उक्त अभियानका क्रममा मधेसका १५ जिल्लामा करिब १५ लाख मानिस बढी मान्छे उत्रिने दाबी गर्दै ओलीले त्यसपछि एमाले मधेसमा कमजोर रहेको भनि हल्ला गर्नेहरु चुप लाग्ने बताए ।
प्रधानमन्त्री हुँदादेखिनै काल्पनिक अभिव्यक्ति दिने गरेको भनि आलोचना खेप्दै आएका ओलीले आज पनि त्यस्तै अभिव्यक्ति दिए । युवा संघको केन्द्रीय समिटीको बैठकमा बोल्दै उनले भने, ‘ तराईमा एमाले कमजोर रहेको भनि हल्ला गर्नेहरुलाई फागुन २१ गते देखाइदिन्छौं । त्यो र्यालीको फोटो खिच्न फोटो पत्रकारहरुले सामान्य क्यामरा होइन, हेलिकप्टरको प्रयोग गर्नुपर्ने हुन्छ ।’ हुन अगाडि भने, ‘ड्रोनले त एमालेको विशाल भीडको फोटो खिच्नै सक्दैन, बरु हेलिकप्टरले भ्याएन भने स्पेस (चन्द्रमा) मानै पुगेर खिच्नुपर्ने हुन्छ !’