Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतको दबाई खाएर प्रचण्डले देशलाई बिखण्डनमा लैजान खोजे-खनाल – Gaule Khabar

भारतको दबाई खाएर प्रचण्डले देशलाई बिखण्डनमा लैजान खोजे-खनाल

भारतको दबाई खाएर प्रचण्डले देशलाई बिखण्डनमा लैजान खोजे-खनाल

चितवन, माघ २३-

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको दबाई खाएर आएका कारण देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डता कमजोर पारेको आरोप लगाएका छन् ।

नेकपा एमाले चितवनले आज पार्टी कार्यालय मदनपुरमा आयोजना गरेको पार्टी कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता खनालले माओवादी केन्द्र र अहिलेको सरकारले देशलाई जातिय क्षेत्रिय, भाषिक एकतालाई कमजोर बनाउदै अन्नतः बिखण्डनमा लैजान खोजेको टिप्पणी गरे ।सरकार निर्वाचन गर्न र गराउनका लागि गठन नै नभएको भन्दै बरिष्ठ नेता खनालले भने, ‘संविधान जारी गर्न नदिने तत्वको योजना पुरा गर्न संविधान कार्यान्वयनमा भाँजो हाल्नका लागि नै यसको रचना गरिएको हो ।’

माघ ७ गते भित्र ३ तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्था नै संकटमा पर्ने भन्दै नेता खनालले भने, ‘संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको हौवा झिकेर देशलाई दीर्घकालिन द्वन्द्वमा लैजाने प्रयास भैरहेको छ ।नेता खनालले हिन्दी भाषा कहिल्यै पनि नेपालको राष्ट्रिय भाषा हुन नसक्ने भन्दै यहाँका मौलिक भाषा भोजपुरी, मैथिली, अवधी र थारु भाषा मास्ने षडयन्त्र गरिएको बताए ।

एमालेको नीति, उदेश्य र योजना नेपालको माटो सुहाउँदो भएको दावी गर्दै बरिष्ठ नेता खनालले एमाले मात्रै नेपालको कम्युनिष्ट आन्दोलनको गंगा नदी भएको जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका