Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
टेलिकम सेवामा छुटैछुटः रिचार्जमा बोनस, सस्तो डाटा र इन्टरनेट स्पीडको फ्रीअपग्रेड – Gaule Khabar

टेलिकम सेवामा छुटैछुटः रिचार्जमा बोनस, सस्तो डाटा र इन्टरनेट स्पीडको फ्रीअपग्रेड

टेलिकम सेवामा छुटैछुटः रिचार्जमा बोनस, सस्तो डाटा र इन्टरनेट स्पीडको फ्रीअपग्रेड

काठमाडौं,माघ २२ –

नेपाल टेकिलमले आफ्नो १३ औं वाषिर्क उत्सवका अवसरमा विभिन्न आकर्षक छुट तथा डाटा प्याकेज योजना सार्वजनिक गरेको छ ।

टेलिकमले आफ्नो अनलिमिटेड एडिसएसएल सेवामा अहिलेकै शुल्कमा ब्याण्डविथको स्तरोन्नति (अपग्रेड) गर्ने घोषणा गरेको छ । अब अहिले ग्राहकले तिरिरहेकै शुल्कमा तीव्रगतिको इन्टरनेट पाइनेछ ।

१९२ केपिबिएस गितको एडिएसएलका ग्राहकले अहिलेको ९ सय रुपैयाँका शुल्कमा अब २५६ केपिबिएसको इन्टरनेट पाउनेछन् । यसैगरी ३८४ केपिबिएस गतिको इन्टरनेटका ग्राहकले साविककै १५ सय रुपैयाँ शुल्कमा ५१२ केपिबिएसको इन्टरनेट उपयोग गर्न पाउने भएका छन् ।

अब ५१२ केपीबिएसको इन्टरनेट चलाइरहेका एडिएसएलका ग्राहकले ७३८ केपिबिएसको इन्टरनेट गति प्राप्त गर्नेछन् । फागुन महिनामा ल्याण्डलाइनका ग्राहकले मासिक रेन्टल चार्जमा अतिरिक्त २५ कलको सुविधा पनि पाउनेछन् ।

भोलि आइतबारदेखि फागुन ७ गतेसम्म जिएसएम र सिडिएमए प्रिपेडका सबै रिचार्जमा ३ दिनको भ्यालिडेटी सहित बोनस पनि दिइनेछ । ५०, १० र २०० को रिचार्जमा १० प्रतिशत र ५ सय १०००को रिचार्जका १५ प्रतिशत बोनस पाइने भएको छ ।

यसैगरी फोरजीका नयाँ सस्क्राइबरले ४ दिनसम्म १० एमबीको डाटा निशुल्क पाउनेछन् । टेलिकमले शनिबारदेखि पोखरा र काठमाडौंमा प्रिपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरेको छ ।

यसैगरी फेरि सुरु भएको सिआरबिटी सेवामा प्रतिदिन एउटा गीताका दरले १५ दिनसम्म निःशुल्क उपलब्ध गराइनेछ । एउटा गीतको भ्यालिडिटी १० दिन रहनेछ ।

जिएसएम नेटवर्कका ग्राहकले २० रुपैयाँमा ५ दिन भ्यालिडिटी भएको १०० एमबीको डाटा उपलब्ध गराइने भएको छ । अन्य सस्तो डाटा प्याकेजहरु पनि टेलिकमले घोषणा गरेको छ ।

(थप छुट तथा प्याकेज माथिको तस्वीरमा)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका