Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
परराष्ट्रको पत्र गृहबाट गायव, माइग्राम्सका नाममा ठगी रोकिएन – Gaule Khabar

परराष्ट्रको पत्र गृहबाट गायव, माइग्राम्सका नाममा ठगी रोकिएन

परराष्ट्रको पत्र गृहबाट गायव, माइग्राम्सका नाममा ठगी रोकिएन

काठमाडौं, माघ २२–

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारबाट स्वास्थ्य परिक्षणका नाममा लिइरहेको अवैध शुल्क रोक्न गृह मन्त्रालयले आनाकानी गरेको छ । पराराष्ट्र, श्रम तथा रोजगार र गृह मन्त्रालयका अधिकारीको छलफलपछि अवैध रकम उठाउनेलाई कारबाही गर्ने निर्णय भएको थियो ।

निर्णय लगतै गृह मन्त्रालयलाई छानविन गरि कारबाही गर्न परराष्ट्र मन्त्रालयले पत्राचार गरेपनि गृहले प्रक्रिया अघि बढाएको छैन । परराष्ट्रको पत्र समेत गृह मन्त्रालयबाटै गायव भएको छ ।
गृह श्रोतका अनुसार कानून माहाशाखा, कानून शाखा र अन्य कुन शाखाबाट कारबाही अघि बढिरहेको भन्ने पत्तो लाग्न सकेको छैन । सम्बन्धित शाखाका अधिकारी एक अर्कालाई देखाएर उम्किन खोजिरहेका छन् ।

गएको पुसमा मलेसिया सरकारले माइग्राम्सका नाममा आफूले रकम नलिएको बताएपछि परराष्ट्र मन्त्रालयले त्यस अघि कामदारले बुझाएको रकम समेत फिर्ता गराउन गृहलाई भनेको थियो । तर एक महिना बितिसक्दा पनि गृहले कुनै कारबाही गरेको छैन । गएको मे १ देखि मलेसिया जाने कामदारले माइग्राम्स वापत ३० डलर अथवा झण्डै ३२ सय रुपैयाँ बुझाउँदै आएका छन् ।
स्वास्थ्य व्यवसायीले भने माइग्राम्सका नाममा उठाएको रकम वैध भएको जिकिर गर्दै रकम जम्मा नगर्दासम्म स्वास्थ्य परिक्षण रोकेका थिए । पछि म्यानपावर व्यवसायीले रकम जम्मा गरेरैवैदेशिक रोजगारमा पठाउन थालेका छन् ।

यतिका समय बित्दापनि कारबाही नभएपछि मलेसियामा नेपाली कामदार पठाउने व्यवसायीले चैत १ गते सम्म कारबाही नभए मलेसिया कामदार पठाउन बन्द गर्ने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका