Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्री दाहालको खुलासाः चुनावको मिति घोषणा गरिएको छैन, गरिंदैन पनि – Gaule Khabar

प्रधानमन्त्री दाहालको खुलासाः चुनावको मिति घोषणा गरिएको छैन, गरिंदैन पनि

प्रधानमन्त्री दाहालको खुलासाः चुनावको मिति घोषणा गरिएको छैन, गरिंदैन पनि

काठमाडौं, माघ २२ –

बिहीवारको मन्त्रिपरिषद् बैठकले निर्वाचन तयारीका लागि निर्वाचन आयोगलाई गर्ने भनिएको पत्राचार झुक्याउनका लागि मात्रै भएको प्रधानमन्त्री दाहालले खुलासा गरेका छन् । शुक्रवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा मधेसी मोर्चाका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन नगरी चुनाव घोषणा हुने भ्रम नपाल्न मोर्चाका नेताहरुलाई आश्वस्त पारेका हुन् ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको उपस्थिति नरहेको बैठकमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार कांग्रेसले पनि आफूलाई चुनाव घोषणा गर्न दवाव दिएको भन्दै दुखेसो पोखे । उनले आफू खुकुरीको धारमा रहेको शुक्रबारको बैठकमा पनि दोहोर्याए । ‘प्रमुख प्रतिपक्षी एमालेले चुनाव घोषणा गर्न दवाव दिइरहेकै छ, तपाईंहरुले पनि बुझ्नु पर्ने के छ भने कांग्रेसले पनि चुनाव घोषणा नभए आफू सुरक्षित हुँदिन कि भन्ने ठान्यो’ प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै बैठकमा सहभागि नेताले भने, ‘चुनाव घोषणाको दवाव बढेको अवस्थामा चुनाव तयारी गर्न आयोगलाई पत्राचार गर्ने निर्णय भएको हो, मिति तोकिएको छैन । तपाईंहरु टुक्क हुनुस् ।’

प्रधानमन्त्री दाहालले संविधान संशोधन नगरी आफू पनि चुनावमा जाने पक्षमा नरहेको वताए । ‘संशोधन विधेयकलाई यत्तिकै छोडेर चुनावमा जाने हो भने अप्ठ्यारो हामीलाई पनि छ’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचन आयोगलाई पठाएको पत्रका आधारमा चुनावको मिति नै तोकिएको पो हो कि चुनाव गर्नै पो लागेको हो कि भन्ने साथीहरुलाई लागेको होला तर, यत्तिकै निर्वाचन घोषणा हुँदैन ।’

निर्वाचन आयोगले पनि चुनाव तयारीका लागि कम्तिमा १ सय ४० दिन लाग्ने भएको भन्दै दवाव दिएकाले आफूले चुनाव तयारी थाल्न पत्राचार गरेको वताए । ‘निर्वाचन आयोग पनि के भन्छ भने, चुनाव तयारी गर्न एकसय ४० दिन चाहिन्छ । सबैतिरबाट एक प्रकारको प्रेसर भो, त्यसैले आयोगलाई तयारी गर्न भनेर चिठ्ठी लेखेको हुँ चुनाव मिति घोषणा गरेको होइन’ प्रधानमन्त्री दाहालले भने, ‘संविधान संशोधन टुंगोमा नपुगी घोषणा गरिंदैन पनि ।’

मोर्चाका नेताहरुले आफूसँग हुने वर्तामा संविधान संशोधन बिना चुनाव घोषणा नगर्ने भन्ने तर, एमाले सहितको बैठक बस्दा चुनाव घोषणा गरिहाल्ने वताएकाले विश्वास नलागेको वताएका थिए । प्रधानमन्त्री दाहालले प्रमुख दलहरुको बैठकमा निर्वाचन मिति घोषणा छिट्टै गरिने आश्वासन दिएको दुई महिना भन्दा बढी भइसक्यो । मधेसी मोर्चाका नेताहरुसँगको बैठकमा भने दाहालले संविधान संशोधन नगरी चुनाव घोषणा नगर्ने आश्वासन पनि लगातार दिइरहेकै छन् । बैठकबाट बाहिरिंदै मोर्चाका नेताहरुले पनि प्रधानमन्त्री दाहाल बिहीवार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबाट पछि हटेको दावी गरे ।चक्रपथवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका