Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ब्राजिलकी पूर्वप्रथम महिला सिल्भाको निधन, ३ दिने राष्ट्रिय शोक घोषणा – Gaule Khabar

ब्राजिलकी पूर्वप्रथम महिला सिल्भाको निधन, ३ दिने राष्ट्रिय शोक घोषणा

ब्राजिलकी पूर्वप्रथम महिला सिल्भाको निधन, ३ दिने राष्ट्रिय शोक घोषणा

रियो दि जेनेरियो, माघ २२ –

ब्राजिलकी पूर्वप्रथम महिला मरिसा लेटिकिआ लुला दा सिल्भाको निधनमा ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

राष्ट्रपति मिचेल टेमरले पुर्वराष्ट्रपति लुइज इनाकिओ लुला दा सिल्भाकी श्रीमतीको निधनमा शुक्रबार राष्ट्रिय शोकको घोषणा गर्नुभएको हो । उहाँको शुक्रबार नै निधन भएको थियो ।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्तीमा पनि उहाँको मस्तीष्कले लामो समयदेखि काम नगरेको उल्लेख गरिएको छ । उहाँ ६६ वर्षकी हुनुहुन्थ्यो भने चार जना छोरा छन् ।

राष्ट्रपति टेमरले पूर्वराष्ट्रपति लुलालाई भेटेर सहानुभुती व्यक्त गर्नुभएको छ । स्वर्गिय मरिसाको अन्त्यष्टीको कार्यक्रम अहिलेसम्म एकिन भइनसकेको पनि बताइएको छ ।

स्वर्गिय मरिसा इटालीको आप्रवासी गरिव परिवारमा जन्मीनु भएको थियो । उहाँले सुरुमा नौं वर्षकै उमेरमा धनी परिवारको घरमा बालबच्चा स्याहारसुसार गर्ने काम गर्नुभएको थियो ।

लुलालाई पहिलो पटक भेट्दा उहाँ विधवा भइसक्नु भएको थियो । उहाँको पहिलो श्रीमान् ट्याक्सी चालक हुनुहुन्थ्यो । पहिलो पटक गर्भवती भएका बेला उहाँका पहिलो श्रीमान्को मृत्यु भएको थियो । त्यसपछि उहाँले लुलासँग सन् १९७४मा विबाह गर्नुभएको हो । लुलातर्फ उहाँको थप तीन जना छोराहरु रहेका छन् ।

सन् १९७० को दशकमा उहाँ वर्कर्स पार्टीको सदस्यका रुपमा मजदुर आन्दोलन र राजनीतिमा सक्रिय हुनुभयो । ब्रजालिमा उहाँ निकै चतुर प्रथम महिलाको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ अन्तर्वार्ता दिन र चर्चामा आउन मन नपराउने व्यक्ति हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका