काठमाण्डौँ माघ २२, –
आज विश्वभर विश्व क्यान्सर दिवस मनाईँदै छ । ’हामी सक्छौँ, म सक्छु’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभर विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वमै क्यान्सर पीडितको संख्या बढिरहँदा नेपालमा पनि हरेक वर्ष क्यान्सरबाट २० हजार भन्दा बढीले ज्यान गुमाउने गरेको तथ्यांक छ । क्यान्सर रोग उपचार सम्भव भएपनि यो निकै खर्चालु रोग हो ।
उसो त स्वास्थ्यमा ध्यान नदिँदा यो रोग लागेको पनि सुरुको अवस्थामा थाहा हुँदैन । त्यसैले यसबाट बच्नु नै लाभदायी देखिन्छ । आज हामी क्यान्सरको जोखिमबाट बच्नको लागि कस्तो खानपीन गर्ने भन्ने बारेमा जानकारी दिन्छौँ ।
१. ब्रो काउली
तरकारीको रुपमा प्रयोग गरिने ब्रो काउलीमा क्यान्सर प्रतिरोधात्मक गुण पाईन्छ । मुखको क्यान्सर, स्तन क्यान्सर, कलेजोको क्यान्सर हुनबाट जोगिन खानामा ब्रो काउलीलाई सामेल गर्नुपर्दछ । एक हप्तामा तीन पटक ब्रो काउली खानु उत्तम मानिन्नछ । तरकारीको रुपमा वा सुप बनाएर खान सकिने ब्रो काउलीलाई उसिनेर हल्का नुनसँग खानु फाइदाजनक हुन्छ ।
२. ग्रीन टी
ग्रीन टी पिउने गर्नाले क्यान्सरको खतरा कम हुन्छ । स्तन क्यान्सर, प्रोस्टेट क्यान्सरबाट सुरक्षित राख्न नियमित रुपमा दुई देखि तीन कप ग्रीन टी पिउनु पर्दछ ।
३.टमाटर
टमाटरमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट तत्व पाईन्छ । जसले रोगसँग लड्ने क्षमतालाई वृद्धि गर्दछ । टमाटरलाई भिटामिन ए, सी र ई पाईने उपयुक्त स्रोतको रुपमा पनि लिइन्छ । क्यान्सर हुनबाट जोगिन टमाटरको जुस पिउने गर्नु वा सलादको रुपमा खानु उत्तम मानिन्छ ।
४. ब्लू बेरी (एक किसिमको ऐंसेलु)
ब्लू बेरी सेवन गर्नुलाई पनि क्यान्सरबाट बचाउने अचुक उपायको रुपमा लिईन्छ । ब्लू बेरीले छाला, स्तन र कलेजोको क्यान्सरबाट सुरक्षित राख्न मद्दत गर्दछ ।
५. अदुवा
विभिन्न प्रकारका क्यान्सरबाट बच्न अदुवा सेवन गर्नु लाभदायी हुन्छ । शरीरमा उत्पन्न हुन विषाक्त तत्वलाई कम गर्न अदुवाले सहयोग गर्दछ । दिनहुँ खानामा अदुवा सामेल गर्नाले विशेषतः छाला तथा स्तन क्यान्सर हुने सम्भावना न्यून हुन्छ ।
६. लसुन
आयुर्वेदमा लसुनको सेवन स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । लसुनमा क्यान्सरबाट बच्ने तत्वहरु पाईन्छ । दैनिक दुई केस्रा लसुन सेवन गर्नाले क्यान्सर हुन सक्ने सम्भावना कम हुन्छ ।