Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अाजदेखि प्रिपेड मोबाइलमा पनि फोर-जी सुरू – Gaule Khabar

अाजदेखि प्रिपेड मोबाइलमा पनि फोर-जी सुरू

अाजदेखि प्रिपेड मोबाइलमा पनि फोर-जी सुरू

काठमाडौं, माघ २२ –

नेपाल टेलिकमले आजदेखि जीएसएम प्रिपेड ग्राहकलाई फोर- जी सेवा सुरू गर्दैछ । पोष्टपेडमा फोर -जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले प्रिपेड ग्राहकलाई पनि फोर – जी सेवा दिन लागेको हो ।

गत पुस १७ गतेदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर – जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वार्षिक उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।

टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर(जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर – जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर – जी नेटवर्क उपलब्ध छ ।

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।

यसअनुसर फोर – जीले अधिकतम् ३२।४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउनेछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले छिट्टै ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।

आइफोन – सिक्स र सेभेन सिरिज लगायतका केही सेटमा फोर(जी सपोर्ट नगरेपनि फोरजी सेवा लिनको संख्या दैनिक रुपमा बढिरहेको छ ।

यसैबीच टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समयअघिदेखि यो सेवा बन्द थियो । आजबाटै यो पनि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका