Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यमबुद्धकी पत्नी र बुबाको गुनासोः मिडियाबाट नचाहिँदो टर्चर भयो – Gaule Khabar

यमबुद्धकी पत्नी र बुबाको गुनासोः मिडियाबाट नचाहिँदो टर्चर भयो

यमबुद्धकी पत्नी र बुबाको गुनासोः मिडियाबाट नचाहिँदो टर्चर भयो

काठमाडौँ,माघ २२ –

चर्चित र्‍यापर स्व। यमबुद्ध ९अनिल अधिकारी० का परिवारले मिडियाले अनावश्यकरुपमा नचाहिने कुरालाई बढी उचालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । लण्डनमा आफ्नी श्रीमतीसँग रहँदै आएका यमबुद्धले गत महिना आत्महत्या गरेपछि उनी र उनको परिवारसँग जोडेर नचाहिँदो कुरालाई उचालिएको परिवारको गुनासो छ ।
यमबुद्धकी श्रीमती अस्मिता सेढार्इं गायब रहेको तथा उनको भावनामा ठेस पुर्याउने किसिमले मिडियाहरुले नचाहिँदो प्रचारबाजी गरेको यमबुद्धका बुबाले बताए ।

यमबुद्धको १३ दिने काजकिरियामा काठमाडौंस्थित घरमा स्वयं उनका काका कृष्ण अधिकारी र पत्नी अस्मिता पनि किरिया बसिरहेका छन् ।
पतिलाई गुमाउनुपर्दाको सोच्नै नसकिने पीडा आफूसँग रहेको अवस्थामा मिडिया र सामाजिक सञ्जालहरुमा आउने प्रतिक्रियाले आफूहरुलाई निकै टर्चर पुगेको यमबुद्ध पत्नी अस्मिताले गुनासो गरिन् ।

यमबुद्धका काका कृष्णले पनि समाचार लेख्दा पत्रकारहरुले परिवारसँग नसोधि लेखिदिएको गुनासो गरे । मिडियामा अस्मिता बेपत्ता भनेर लेखिदिनाले आफूहरुको भावनामा झन् ठूलो ठेस लागेको भन्दै उनले अस्मिताले आफूसँगै घरमै किरिया बसिरहेको जानकारी दिए ।

अस्मिता यमबुद्धको शव काठमाडौं आइपुग्नुभन्दा अघिल्लो दिन नै लण्डनबाट नेपाल आएकी थिइन् ।

यस्तै, यमबुद्धका पिता अम्बिकाप्रसाद अधिकारीले पनि बुहारीका विषयमा प्रश्न उठाइएकोमा दुःख लागेको भन्दै सत्यतथ्य बुझेर मात्रै लेख्न मिडियालाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका