नारायण ढुंगाना,
चितवन, माघ २२–
लायन्स क्लव अफ चितवन सौराहाको वर्ष २०१५/१६ का अध्यक्ष प्रकाशचन्द्र भट्टराईले नेपालका ३२५ वी २ अन्तरगतका क्लवका अध्यक्ष मध्य ‘वर्ष कै सर्वाेत्कृष्ट अवार्ड’ प्राप्त गर्नुभएको छ ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ वी२ अन्तरगत नेपालमा ३०५ क्लव छन् । सबै भन्दा बढी एमजेएफ र एनएलएफमा योगदान गरेको,सबै भन्दा बढी लायन सदस्य बृद्धि गरेको र सबै भन्दा बढी समाज सेवा गरेको मूल्याँकनका आधारमा उहाँलाई यसरी सर्वाेत्कृष्ट अवार्ड दिईएको हो ।
लायन्स क्वल ईन्टरनेशनल ३२५ वी २ का तत्कालिन गभर्नर डिके ढुङ्गानाको कार्यकालमा भट्टराई सौराहा लायन्य क्वलको अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँले ६ वटा क्लव खोल्नुभएको थियो भने पाँच जनालाई एमजेएफ बनाउनुभएको थियो । यस्तै सामाजिक कार्यका लागि ६५ वटा कार्यक्रम गर्नुभएको थियो ।
सो समयमा सौराहा लायन्सले कम्बल बितरण, भूकम्पपीडितलाई राहत वितरण, स्वास्थ्य शिविरहरू सञ्चालन गरेर सामाजिक कार्यमा उत्कृष्ट नमूना प्रदर्शन गरेको थियो ।
यसरी उत्कृष्ट काम गरेकाले लायन्स क्लल अफ चितवन सौराहा पनि वर्ष २०१५/१६ कै सर्बाेत्कृष्ट क्लब बन्न सफल भएको भट्टराईले जानकारी दिनुभयो ।
यस्तै चितवनका लायन निरज श्रेष्ठलाई सर्वाेत्कृष्ट जोन चेयर पर्सनको अवार्ड प्रदान गरिएको छ । सौराहा लायन्सकै दिपेन्द्र खतिवडालाई उत्कृष्ट रिजन चेयर पर्सन, योगेश अधिकारीलाई उत्कृष्ट जोन चेयर पर्सनको अवाड प्रदान गरिएको छ ।
रत्ननगरका लायन बेदप्रसाद आचार्यलाई उत्कृष्ट अध्यक्ष र सौराहा लायन्सका सचिव शीरलाल परियाराई उत्कृष्ट सचिवको अवार्ड प्रदान गरिएको थियो । लायन अफ दि ईयरबाट अनुप पहारी सम्मानित हुनुभएको छ ।
अन्य विभिन्न क्षेत्रमा लायनहरुलाई पनि उत्कृष्ट अध्यक्ष, उत्कृष्ट क्लब, उत्कृष्ट जोन चेयर पर्सन, उत्कृष्ट रिजन चेयर पर्सन, लायन अफ द ईयर अवार्ड प्रदान गरिएको थियो ।