Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मधेसको सुरक्षालाई लिएर नेपाली सेनाले गर्यो कडा निर्णय – Gaule Khabar

मधेसको सुरक्षालाई लिएर नेपाली सेनाले गर्यो कडा निर्णय

मधेसको सुरक्षालाई लिएर नेपाली सेनाले गर्यो कडा निर्णय

काठमाडौं,माघ २१ –

 नेपाली सेनाले तराईको सुरक्षा स्थितीबारे चिन्ता जनाउँदै पृतना (ब्यारेक) थप्ने निर्णय गरेको छ । यो सेनाको इतिहासमै पहिलो निर्णय हो । जहाँ मधेसमा अब पृतना थप हुने भएको छ ।

भारतसँग सीमा जोडिएको तराईमा देश टुक्राउने गतिविधि बढेपछि राष्ट्रको अखण्डता जोगाउने लक्ष्यका साथ सेनाले पृतना राख्ने निर्णय गरेको सैनिक स्रोतले बतायो । पृतनाले मधेसमा भइरहेका गतिविधिको सुक्ष्म निगरानी गर्नेछ ।

यो पृतना सेना संघीय संरचनामा गएसँगै थपिने छ । अहिले पाँच विकास क्षेत्रसहित काठमाडौं गरी ६ स्थानमा सेनाको पृतना रहेका छन् । नयाँ संविधानको ७ प्रदेशको संघीय संरचनाअनुसार मधेसमासहित अब दुई पृतना थपिने छ । दोस्रो पृतना काठमाडौंमा थपिने छ ।

सेनाको सुदृढीकरण गर्नको लागि गठन भएको अध्ययन तथा सिफारिस समितिले दुई पृतना थप्ने निर्णयसहितको रिपोर्ट रक्षामन्त्री वालकृष्ण खाँडलाई बुझाएको छ । र, छिट्टै क्याविनेटबाट निर्णय हुने मन्त्री खाँडको भनाई छ ।

सेनामा हाल दिपायल, सुर्खेत, पोखरा, हेटौडा, इटहरी र काठमाडौमा पृतनाको संरचना रहेको छ । सिफारिस समितिले तयार पारेको प्रतिवेदनमा प्रत्येक राज्यमा एउटा पृतना राख्ने प्रस्ताव गर्नुको साथै काठमाडौंमा पनि एउटा पृतना थप्नुपर्ने भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका