Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विश्वमा क्यान्सर रोगीहरु बढ्दै, सचेँत रहन आह्वान – Gaule Khabar

विश्वमा क्यान्सर रोगीहरु बढ्दै, सचेँत रहन आह्वान

विश्वमा क्यान्सर रोगीहरु बढ्दै, सचेँत रहन आह्वान

चितवन, माघ २१–
पछिल्लो समय विश्वमा क्यान्स रोगीहरु बढ्दै गएको छ ।
पछिल्लो समय करिब १ करोड ४१ लाख क्यान्सरका रोगीहरु बढ्दैं गईरहेको विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले जनाएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आज भरतपुरमा सञ्चारकमीहरुसंग क्यान्सर सम्बन्धि सचेतनामुलक अन्र्तरक्रिया कार्यक्रममा अस्पतालले सो जानकारी गराएको हो । जसबाट ८२ लाख मानिसको मृत्यु हुन सक्ने क्यान्सर अस्पताल भरतपुरका निर्देशक डा. चिनबहादुर पुनले बताउनुभयो । ४० प्रतिशत क्यान्सर पुरा निको हुन्छ भने ३३ प्रतिशत क्यान्सर निको नहुन सक्ने अस्पतालले जनाएको छ । उपचार नै नहुने क्यान्सर नभएको बताउदैं निर्देशक डा. पुनले सकेसम्म छिटो रोगको पहिचान भएमा क्यान्सर पूर्ण रुपमा निको हुने उहा“ले जानकारी दिनुभयो । जसमा पनि धेरै जसो क्यान्सरहरु पुरा निको हुने उहांको भनाई छ ।
कार्यक्रममा बोल्दै चिकित्सकहरुले सरकारले क्यान्सरका रोगीहरुको लागि भनेर छुटाएको १ लाख रुपैंयाले बिरामीको उपचारमा केहि पनि राहत नहुने भन्दै क्यान्सरको बारेमा सरकारलाई झकझकाउन आवश्यक रहेको बताएका छन् । क्यान्सर उपचार गर्न खर्चिलो र कठिनाई हुने भन्ने कुरा गलत भएको बताउदैं डाक्टरहरुले पहिचान भएमा क्यान्सर रोग निर्मूल हुने बताएका छन् ।
विपी कोईराला क्यान्सर अस्पताल भरतपुर र परिचय संस्था भरतपुरको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सञ्चारिका समूह चितवनले सहकार्य गरेको थियो । क्यान्सरको रोकथामका लागि हामी सक्छौं, म सक्छु भन्ने नारा सहित आयोजित कार्यक्रम परिचय संस्थाकी अध्यक्ष बन्दना खाँणको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदी, क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान शाखाका प्रमुख भोला शिवाकोटी, नेपाल अर्वुद रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुके, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवाल, सञ्चारिका समूह चितवनकी सचिव पुनम गौतमलगायतको उपस्थिति रहेको थियो । क्यान्सर बारे जानकारी राखौं, सर्तक हौं, क्यान्सर विरामीलाई सहयोग गरौ मूल मन्त्रसहित ११ औं विश्व क्यान्सर दिवस २०१७ भोली विश्वभर मनाईदैं छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका