Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमरा गोल्डकप : एपीएफलाई हराउँदै संकटा सेमिफाइनलमा – Gaule Khabar

सिमरा गोल्डकप : एपीएफलाई हराउँदै संकटा सेमिफाइनलमा

सिमरा गोल्डकप : एपीएफलाई हराउँदै संकटा सेमिफाइनलमा

सिमरा,माघ २१-

सिएमजी संकटा आठौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सिमरा रंगशालमा भएको खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई २-० ले पराजित गर्दै  अन्तिम चारमा पुगेको हो।

संकटालाई जित दिलाउन राजु पौडेल र सुशिल केसीले पहिलो हाफमा १/१ गोल गरे।राजु पौडेलले ४१ औं मिनेटमा गोल गर्दै संकटालाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी टाइममा सुशिल केसीले गोल गर्दै दोब्बर पारे। दोस्रो हाफमा दुवै तर्फबाट कुनै पनि गोल नभएपछि संकटा २-० ले विजयी भयो।

संकटाले अब सेमिफाइनलमा काठमाडौंको सरस्वती युथ कलब र हेटौंडाको विजय युथ क्लबबीचको विजेतासँग खेल्नेछ।प्रतियोगिता अन्तर्गत शनिबार वीरगन्ज युथ युनाइटेड र पोखराको सहारा क्लबीच प्रतिस्पर्धा हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ