चितवन,माघ २१-
राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं.२ को क्षेत्रीय अध्यक्षमा बलराम खनाल निर्विरोध निर्वाचित भएका छन । पार्टी एकता पछिको पहिलो क्षेत्रीय अधिवेशनबाट खनालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
रत्ननगरमा सम्पन्न अधिवेशनले भरतमणि भट्ट,कृष्ण बहादुर पाण्डे,पिताम्वर आचार्य,देबराज कँडेल,अनिल लामा,रामबहादुर कुमाल,यहसान अन्सारी,दुर्गा घिमिरे,दीपक तिवारी,हरिशरण भट्टराई,माधव भट्टराई,हरिप्रसाद अधिकारी र गणेशजंग रायमाझीलाई क्षेत्रीय सदस्यमा चयन गरेको छ ।
निर्वाचित भएपछि क्षेत्रीय अध्यक्ष खनालले क्षेत्रीय स्तरसंगै पार्टीलाई जिल्ला स्तरमै मजबुत बनाउन आफुले ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा राप्रापा चितवनका निर्देशन समितिका अध्यक्ष बद्रि तिमिल्सिनाले अबको निर्वाचनमा राप्रापा चितवनमा दोश्रो राजनीतिक शक्तिको रुपमा अगाडि आउने दावी गरे । तीन ठुला दलले मुलुकलाई बर्बादी तर्फ धकेलिरहेको जनताले बुझेको भन्दै उनले अबको निर्वाचनमा जनताले राप्रापालाई मत दिने उनको तर्क थियो । निर्वतमान क्षेत्रीय अध्यक्ष पिताम्बर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्रापाका केन्द्रीय सदस्य कृष्ण लामा, जिल्ला सचिव रुद्र ढकाल लगायतले वोलेका थिए ।