Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
३१ करोड नपाए एक हप्तामा काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी – Gaule Khabar

३१ करोड नपाए एक हप्तामा काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी

३१ करोड नपाए एक हप्तामा काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी

काठमाडौं, माघ २१-

खानेपानी तथा सरसफाइ मन्त्रालयले पाइपहरु मर्मतका लागि ३१ करोड नपाए एक हप्तामा काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ ।

 

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार सडक विस्तारका क्रममा टुटेफुटेको पाइपमर्मत गर्न ३१ करोड रकम आवश्यक पर्ने देखिएको छ ।सरकारलेे यो रकम तुरुन्तै उपलब्ध गराएमात्रै तत्काल पाइप मर्मत गरी पानी पठाउन सकिने उपाध्याय बताउँछन् । शुक्रबार विकास समितिको बैठकमा सचिव उपाध्यायले भने, ‘काठमाडौंमा रहेका सडकको मुनी रहेका ५५ प्रतिशत पाइपहरु अहिले टुटफुट तथा बिग्रेका छन् । तिनलाई मर्मत गर्नपर्ने छ, ३१ करोड रकम आवश्यक छैन तर, रकम उपलब्ध छैन ।’

सडक विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायले सडक विस्तारका क्रममा धेरै ठाउँमा पाइप काटेको उनले जानकारी दिए। ‘मर्मत गर्न एक साताभित्र सरकारले ३१ करोड नदिने हो भने काठमाडौंमा खानेपानीको हाहाकार मच्चिनेवाला छ’ उपाध्यायले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका