Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अस्ट्रेलियाका प्रधानमन्त्रीसँग जंगिए ट्रम्प – Gaule Khabar

अस्ट्रेलियाका प्रधानमन्त्रीसँग जंगिए ट्रम्प

अस्ट्रेलियाका प्रधानमन्त्रीसँग जंगिए ट्रम्प

वासिङ्टन, माघ  २१-

शरणार्थी आदान–प्रदानको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबुलसँग जंगिएका छन् । ट्रम्पको नीति शरणार्थी र आप्रवासीमा मामिलामा अनुदार छ ।

पूर्वराष्ट्रपति बाराक ओबामाको पालामा अस्ट्रेलियाली बन्दीगृहबाट अमेरिका शरणार्थी ल्याउनेबारे सम्झौताबारे टर्नबुलले बुझ्न खोज्दा टम्प उनीसँग जंगिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । ओबामा प्रशासनले अस्ट्रेलियाली बन्दीगृहबाट १२ सय भन्दा बढी शरणार्थीलाई पुन:स्थापनाका लागि ल्याउने सम्झौता गरेको थियो ।

ट्रम्पले यो सम्झौतालाई खराब भन्दै ओबामा प्रशासनले गरेको सम्झौता नमान्ने बताएका छन् । ‘तपाईं विश्वास गर्नुहुन्छ ? ओबामा प्रशासनले अस्ट्रेलियाबाट हजारौं गैरकानुनी आप्रवासीलाई ल्याउने सहमति गरेको थियो । किन ? म त्यो विवेकहीन सहमतिको अध्ययन गर्छु,’ ट्रम्पले ट्वीटर– मार्फत भनेका छन् ।

करिब २५ मिनेट उनीहरूबीच टेलिफोन कुराकानी भएको थियो । प्रधानमन्त्री टर्नबुलले वार्ताबारे कुनै टिप्पणी गरेका छैनन् । ट्रम्पले हालै कार्यकारी आदेश जारी गर्दै मुसलमान बाहुल्य ७ देशका शरणार्थीलाई अमेरिका प्रवेशमा अस्थायी रोक लगाएका छन् । यही आदेशपछि अस्ट्रेलियाली प्रधानमन्त्री टर्नबुल शरणाथीको विषयमा अमेरिकासँग भएको पूर्वसम्झौताबारे प्रष्ट हुन खोजेका थिए । टर्नबुलसँग कुरा गर्दागर्दै जंगिएका ट्रम्पले एकाएक फोन काटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका