Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धनगढीमा नयाँ मेडिकल कलेज खुल्दै – Gaule Khabar

धनगढीमा नयाँ मेडिकल कलेज खुल्दै

धनगढीमा नयाँ मेडिकल कलेज खुल्दै

धनगढी,माघ १९-

निजी क्षेत्रको लगानीमा सुदूरपश्चिमको धनगढीमा नयाँ मेडिकल कलेज खुल्ने भएको छ । तीन अर्बको लगानीमा धनगढीमा एभरेष्ट मेडिकल कलेज बनाउन लागिएको हो ।

युनिभर्सल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका सञ्चालकहरुले डेढ वर्षभित्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण सक्ने गरी काम अगाडी बढाएका छन् । मेडिकल कलेज सञ्चालनका लागि पहिला ३ सय बेड क्षमताको अस्पताल सञ्चालनमा ल्याउने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने तयारी भएको एभरेष्टका प्रबन्ध निर्देशक खुमा अर्यालले बताए ।

अर्यालका अनुसार चिकित्सा शिक्षा ऐन आएपछि त्यसअनुसार नै मेडिकल कलेज सञ्चालनमा ल्याउने तयारी भएको छ । ‘पहिला शिक्षा मन्त्रालयबाट मेडिकल कलेजका लागि आवश्यक पर्ने एलओआई लिने छौँ,’ उनले भने, ‘त्यसपछि चिकित्सा शिक्षा ऐन पास भएपछि सोही अनुसार कलेज चलाउँछौँ ।’

उनले पहिलो चरणमा अस्पताल सञ्चालनमा ल्याउन पूर्वाधार निर्माणका लागि ठेकेदार परिचालन भइसकेको बताए । अस्पताल र अन्य पूर्वाधारका लागि पहिलो चरणमा दुई अर्ब र ऐन आएपछि कलेजका लागि आवश्यक पूर्वाधार, प्रयोगशाला, होस्टल लगायतका कुरा पूरा गर्न दोस्रो चरणमा थप एक अर्ब लगानी गर्ने अर्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका