Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रिक्सा व्यवसायीले उपमहानगरपालिका कार्यालय घेराउ – Gaule Khabar

रिक्सा व्यवसायीले उपमहानगरपालिका कार्यालय घेराउ

रिक्सा व्यवसायीले उपमहानगरपालिका कार्यालय घेराउ

धनगढी,माघ १९ –

धनगढी उपमहानगर क्षेत्रमा सञ्चालन रहेका विद्युतीय रिक्सा (ई रिक्सा) व्यवसायीले आज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।

कार्यालय घेराउका कारण आज कार्यालयको काम प्रभावित भएको छ । आफूहरुको व्यवसाय उपमहानगरपालिकामा दर्ता गरी सञ्चालन गर्न दिनुपर्ने माग राख्दै रिक्सा व्यवसायी आन्दोलनमा उत्रेका हुन् ।

विद्युतीय रिक्सा उपमहानगरपालिकाको सिफारिसमा यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गरेकामा पछिल्लो पटक उपमहानगरको सिफारिसलाई यातायात व्यवस्था कार्यालयले नमानेका कारण समस्या सिर्जना भएको विद्युतीय रिक्सा चालक मनीराम भट्टले बताउनुभयो ।

यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख केशवदत्त जोशीले एउटा पक्षले रिक्सा दर्ता बन्दको माग गर्दा अर्को पक्षले उपमहानगरपालिकामा दर्ता गर्नु प¥यो भन्ने माग आएकाले समस्या देखिएको बताउनुभयो ।

धनगढी क्षेत्रमा हाल एक हजार ३०० भन्दा बढी विद्युतीय रिक्सा सञ्चालनमा छन् । विद्युतीय रिक्साको सङ्ख्या बढ्दै गएसँगै धनगढीको मुख्य सडक क्षेत्र साँघूरो भई ट्राफिक व्यवस्थापनको चुनौती समेत बढ्दै गएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका