Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निधिले भरतपुर मेडिकल कलेजका संचालक नटराजको दुई करोड नगद फिर्ता गर्लान ? – Gaule Khabar

निधिले भरतपुर मेडिकल कलेजका संचालक नटराजको दुई करोड नगद फिर्ता गर्लान ?

निधिले भरतपुर मेडिकल कलेजका संचालक नटराजको दुई करोड नगद फिर्ता गर्लान ?

चितवन,माघ १९-

गृह मन्त्रालय सम्हाल्दै आएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले काठमाडौं विश्वविद्यालयको उपकुलपति बनाइदिने भनी एक मेडिकल कलेजका सञ्चालकबाट लिएको रकम सम्बन्धित पक्षलाई फिर्ता गर्ने हुन् कि होइनन् व्यग्रतापूर्वक प्रतीक्षा गरिएको छ ।

प्राप्त जानकारीअनुसार काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजूको कार्यकाल पूरा भएपछि उक्त पदमा त्यहीँका रजिष्टार भोला थापालाई नियुक्त गरिदिने सर्तमा भरतपुर मेडिकल कलेजका सञ्चालक भारतीय नागरिक नटराजबाट विमलेन्द्र निधिले दुई करोड रुपियाँ बुझेको चर्चा चितवनदेखि धुलिखेलसम्म चलेको थियो ।

प्रधानमन्त्री प्रचण्डदेखि ठूला पार्टीका अन्य कतिपय नेताहरू समेत भोला थापाका पक्षमा उभिएका थिए । तर, विश्वविद्यालयको उपकुलपति रहँदा डा रामकण्ठ मकाजूबाट भएका कामको उच्च मूल्यांकन गर्दै जनस्तरबाट समेत व्यापक दबाब पैदा भएपछि सरकार रामकण्ठलाई नै उपकुलपति नियुक्त गर्न बाध्य भएको थियो । पद रिक्त भएको दुई महिनासम्म अनेकौं प्रयत्न गर्दा पनि प्रचण्ड र विमलेन्द्र निधि थापालाई उपकुलपति नियुक्ति गर्न असफल भएका थिए ।

स्मरणीय छ, काठमाडौं विश्वविद्यालयअन्तरगत सम्बन्धन पाएका दशवटा मेडिकल कलेज छन् र तीमध्ये एक भरतपुर मेडिकल कलेज पनि हो । त्यसरी उपकुलपति आफ्नो मान्छे बने मेडिकल कलेज सञ्चालकले लगानी गर्नुको एक मात्र कारण विद्यार्थी भर्नाको कोटा बढान हो ।
उपकुलपतिको कृपाले दश या बीसजना मात्र विद्यार्थी भर्नाको कोटा बढ्न सक्यो भने पनि कलेजको आम्दानीमा वर्षेनि करोडौं रुपियाँ वृद्धि हुन सक्छ । नटराजले विमलेन्द्र निधिबाहेक प्रचण्डलाई पनि सप्रभावमा पारेको बताइन्छ । घटना र विचार साप्ताहिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका