Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मधेसी मोर्चाको प्रस्ताव यसरी गरे देउवाले ठाडै अस्वीकार – Gaule Khabar

मधेसी मोर्चाको प्रस्ताव यसरी गरे देउवाले ठाडै अस्वीकार

मधेसी मोर्चाको प्रस्ताव यसरी गरे देउवाले ठाडै अस्वीकार

काठमाडौं माघ, १९-

 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै अस्वीकार गरेका हुन् ।

बाह्य प्रेरणा र मोर्चाको मागअनुसार संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने दिइएको दबाब अस्वीकार गर्दै सभापति देउवाले प्रधानमन्त्री दाहाललाई उल्टै निर्वाचन मिति तत्काल घोषणा गर्न दबाब बढाइरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

‘देउवालाई संविधान संशोधन गरेपछि मात्रै चुनावमा जान भनेर एउटा छिमेकी मुलुकको संस्थापन पक्षले दबाब दिइरहेको छ तर त्यसलाई मान्नुभएको छैन,’ उनी निकट स्रोतले भन्यो, ‘बरु त्यस्तो दबाबका बाबजुद उहाँ कुनै पनि हालतमा स्थानीय चुनाव गर्नुपर्छ भनेर लागिरहनु भएको छ ।’ बाह्य दबाबबारे एमाले शीर्ष नेताहरुसँग समेत कुराकानी भइरहेको जानकारी स्रोतले दियो । स्रोतका अनुसार स्थानीय निर्वाचनको सवालमा पछिल्लो समय प्रतिपक्ष नेकपा एमाले र कांग्रेसबीच समान धारणा बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका