Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘नेपाल आईडल’को अडिसन राउण्डमा यस्तो देखियो चितोने उत्साह (फोटोफिचर) – Gaule Khabar

‘नेपाल आईडल’को अडिसन राउण्डमा यस्तो देखियो चितोने उत्साह (फोटोफिचर)

‘नेपाल आईडल’को अडिसन राउण्डमा यस्तो देखियो चितोने उत्साह (फोटोफिचर)

चितवन, माघ १८–

चितवनको नारायणगढमा मंगलबार भएको ‘नेपाल आईडल’को पहिलो चरणको अडिसन भव्य बनेको छ ।
नेपाल आईडल बन्ने सपना बोकेर पुगेका सयौं युवाहरुमा निकै उत्साह देखिन्थ्यो । करिव दिउँसोको पौने १ बजे बालकुमारी उच्च माध्यमिक विद्यालयको मूख्य गेट खुल्ने वित्तिकै युवाहरु दौडिदै भित्र प्रवेश गरेका थिए । आज पहिलो दिन सयौंले अडिसनमा सहभागिता जनाएको आयोजकले जनाएको छ । आज छनौट भएकाहरुको भोली सौराहामा फेरी अर्को अडिसन एपिवान टेलिभिजनका चितवन ब्यूरो प्रमुख अनिल ढकालले जानकारी दिए । त्यसपश्चात छनौट भएकाहरु काठमाडौं जान पाउने छन् ।

भोली हुने अडिसनको निर्णायकहरुमा कालीप्रसाद बास्कोटा, इन्जिरा जोशी र निहुँ बज्राचार्य हुनेछन् ।
नेपाल कै सर्वाधिक ठूलो गायन प्रतिभाको खोजी ‘नेपाल आईडल’को अन्नपुूर्ण मिडिया नेटवर्कको एपी वान टेलिभिजनले आयोजना गरेको हो । नेपालका मुख्य शहरहरुमा अडिसन गर्ने क्रममा टोली चितवन आईपुगेको हो । नेपाल आईडलको यसअघि नेपालगञ्ज र बुटवलमा अडिसन भएको थियो ।

सो अडिसनमा १६ वर्ष देखि ३० वर्ष उमेर समूहले आईडलमा सहभागि हुन सक्नेछन् । नेपाल आईडल विजेताले महिन्द्रा केयुभि कार, २० लाख नगद र १५ लाख बराबरको भिडियो एल्बम बनाउन पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका