चितवन, माघ १८–
चितवनको लोथर गाविसका ५ वटा वडामा वडास्तरीय सामुदायिक विपद व्यवस्थापन समिति गठन गरिएको छ ।
आरआरएन जलउत्पन्न प्रकोप नियन्त्रण परियोजनाको सक्रियतामा गाविसका १,२,३,४ र ९ नम्बर वडामा छुट्टा–छुट्टै भेलागरि समिती गठन गरिएको हो ।
स्थानीय विपद् तथा जलवायुजन्य जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका २०७३ अनुसार गाविस बढी जोखिममा रहेका ५ वडामा समिति गठन गरिएको परियोजनाका फिल्ड संयोजक सरिता पौडेलले जानकारी दिनुभयो । विपद जोखिम व्यवस्थापनमा सहयोग पुर्याउनका लागि समितीले काम गर्नेछ । जस अन्तर्गत वडा नम्बर १ मा कल्पना लामा मोक्तानको अध्यक्षतमा ११ सदस्यीय समिती, २ मा राजेन्द्र प्रजाको अध्यक्षतामा ११ सदस्यीय समिती, ३ मा चन्द्रबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय, ४ मा गंगाराम प्रजाको अध्यक्षतामा ९ सदस्यीय र ९ मा सन्तुमाया चेपाङको अध्यक्षतामा ११ सदस्यीय समिती समिती सर्वसम्मत चयन गरिएको छ । अन्य वडामा भने गाविसले नै समिती बनाउनेछ ।
समितीमा निर्देशिकामा उल्लेख भएअनुसार स्थानीय स्तरका राजनीतिक दलका प्रतिनिधी, महिला समूह, महिला स्वयम्सेविका, वडा नागरिक मन्च, नागरिक सचेतना केन्द्र, प्यारालिगल कमिटि, सामुदायिक वन, विद्यालयका प्रतिनिधि बुद्धिजीवि, स्वास्थ्य संस्थाका प्रतिनिधि समितीमा सदस्य रहेका छन् ।
नवगठित समितीहरुले जोखिम व्यवस्थापन तथा जलवायुजन्य परिवर्तन अनुकुलन क्रियाकलापको पहिचान गरि प्राथमिकताका आधारमा योजना बनाउने छन् र सोही अनुसार काम हुनेछ । आरआरएनले यसवर्ष पहिरोको जोखिममा रहेका वडा नम्बर ३ को गणेश निमावि यौरालीटार र ९ को कान्देश्वरी प्राविमा सुरक्षात्मक पर्खाल बनाउने परियोजनाका जिल्ला संयोजक रविन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।
परियोजना अन्तर्गत चितवनको लोथरमा पहिरो व्यवस्थापन र माडीको बाँदरमुढे खोलामा बाढी व्यवस्थापनमा काम गरिने ठकुरीको भनाई छ । भूकम्पपछि पहाडहरु चिरिएकाले लोथर गाविस पहिरोको जोखिममा रहेको छ । विशेषगरि विद्यालय क्षेत्र जोखिम भएकाले सरकारले पनि यसबारेमा सोच्नुपर्ने वडाबासीको भनाई छ ।