नवलपरासी,माघ १८-
नयॉ शक्ति पार्टी नेपाल नवलपरासीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पुर्ण समानुपातिक व्यवस्थापिका संसद् लागु गर्नका लागि दबाब दिन हस्ताक्षर अभियान सुरु गरेको छ। मंगलबार नवलपरासीको कावासोती फलफुलचोकबाट अभियानको थालनी गरिएको हो। अभियानको थालनी गर्दै नयॉ शक्ती पार्टी नेपालका जिल्ला संयोजक टंकमणी शर्माले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पुर्ण समानुपातिक व्यवस्थापिका संसद् लागु भए मात्रै देश विकास हुने बताए।
६\६ महिनामा पार्टी परिवर्तन हुदा देशमा विकास प्रक्रिया अबरुद्ध हुन पुगेको र दलहरु गैह्र जिम्मेवार बनेकोले यसको विरोध स्वरुप आफुहरुले हस्ताक्षर थालेको उनले बताए। अभियान नवलपरासीका ६ वटा निर्वाचन क्षेत्रमा गरिनेछ। त्यसपछि माघ मसान्तमा प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाइने उनले जानकारी दिए।