WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu6/z12DSGW.PQK5yVOTAWF3/NcM6c0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 08:44:43', '', 'admlnlx', 'admlnlx')
कञ्चनपुर, माघ १८ –
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका गेम स्काउट(संरक्षणकर्मी) पदमा कार्यरत २५ वर्षीय नरेन्द्र कुँवर आज बसको ठक्करबाट सख्त घाइते हुनुभएको छ ।
पूर्वपश्चिम राजमार्गको अर्जुनी ब्यारेकबाट भीमदत्तनगरतर्फ जाँदै गरेको ना ५ ख ९६४७ ननंको बसले ठक्कर दिँदा कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक जगतबहादुर मल्लले बताउनुभयो ।
घाइते कुँवरलाई तत्कालै महाकाली अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको बरेली लगिएको छ । ठक्कर दिने बस र चालक इप्रका झलारीको नियन्त्रणमा छन् । – रासस