Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राजधानीको सरस्वती क्याम्पसमा क्रान्तिकारीद्वारा अनेरास्ववियुका नेता कुटिए – Gaule Khabar

राजधानीको सरस्वती क्याम्पसमा क्रान्तिकारीद्वारा अनेरास्ववियुका नेता कुटिए

राजधानीको सरस्वती क्याम्पसमा क्रान्तिकारीद्वारा अनेरास्ववियुका नेता कुटिए

काठमाडौं,माघ १८-

राजधानीको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीद्वारा एमाले निकट अनेरास्ववियूका इकाई अध्यक्ष कुटिएका छन् ।

एमाले निकट अखिलले आज राष्ट्रिय भावनालाई मजुवत बनाउने भन्दै देश भरीका क्याम्सहरुमा राष्ट्रिय झण्डा फराउने कार्यक्रम थियो । उक्त कार्यक्रम सुरु हुनु भन्दा पहिला नै अखिल क्रान्तिकारीले अनेरास्ववियूका सरस्वति क्याम्पसका इकाई अध्यक्ष शंकर गौतममाथि कुटपीट गरेका हुन् । कुटपीटबाट गौतमकोआंखामा चोट लागेको छ ।

अनेरास्ववियूका सचिव सुदेश पराजुलीले आफ्नो संगठनका नेतालाई अखिल क्रान्तिकारीले कुटेको बताए । उनले भने ‘अखिलले राष्ट्रियताको पक्षमा अडान लिएको क्रान्तिकारीलाई पाच्य नहुदा अखिलका नेता कुटेका हुन ।’क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम श्रेष्ठले भने आफ्नो संगठनको कुटपिटमा कुनै संलग्नता नरहको दाबी गरे । उनले भने ‘कक्षा कोठामा दुई मिने बोल्छु भनेर समय मागेका अखिलका साथीहरुले लामो भाषण गरेका कारण कक्षा डिस्ट्रब भयो भनेर कक्षामा रहेका साथिहरुसंग विवाद भएको हो ।’अखिलले क्रान्तिकारीका नेताको नाममा प्रहरीमा जाहेरी दिने पराजुलीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका